कृतिको चर्चा

रचनाकार : अरुणबहादुर खत्री “नदी”

साहित्यकार कवि रमेशप्रसादको कवितासङ्ग्रह निस्केको समाचार अखबारमा पढेर थाहा पाएपछि घनिष्ट साहित्यकार मित्र अमरकुमारले उसको घरमा फोन गर्‍यो। फोन रमेशप्रसादकी श्रीमतीले उठाएकी थिइन् फोन गर्दा रमेशप्रसादसंग भेट हुन सकेन र अमरकुमारले रमेशजीको कवितासङ्ग्रह निस्केको रहेछ नि एकप्रति पढ्न पाए समीक्षा लेखिदिने थिए” भन्यो।
“हजुरले समीक्षा लेखिदिनुहुन्छ भने किन नपाइने दिइहाल्छौ नि” कवि रमेशप्रसादकी श्रीमतीले भनिन्।
“त्यस कवितासङ्ग्रहको प्रकाशक चाहि को हो नि?” अमरकुमारले सोधे।
“प्रकाशकमा मेरो नाम राखिएको छ हाम्रै घरको खर्चले उहाँलाई किताब निकाल्ने रहर भएकोले निकालेका हौ” श्रीमतीले भनिन्।
कवि रमेशप्रसाद घरमा आउने बित्तिकै उसकी श्रीमतीले सो कुरा बताईन्। कवि रमेशप्रसादसंग त्यसको केहि दिन वितेपछि अमरकुमारको अर्को साहित्यकारको कितावको विमोचन हुंदा भेट भयो र तपाईले मेरो कवितासङ्ग्रहको समीक्षा गरिदिन्छु भनेर किताब माग्नु भएको कुरा मेरी बूढीले मलाई सुनाएकी थिइन् तपाईलाई दिन मसंग किताब एकप्रति पनि बाँकी नै छैन सबै सक्यो तपाईलाई मैले मेरो किताव दिन सक्दिन है” कवि रमेशप्रसादले भने। समीक्षा गर्नेलाई पनि किताब दिन्न भन्नुहुन्छ तपाई किन यस्को जवाफ पाउ त अर्को साहित्यकार मित्र प्रभातले सोधे। अर्को व्यक्ति कृष्णप्रसादले उहाँले जवाफ दिन सक्नु भएन उहाँको कितावको चर्चा हुन्छ भनेर समीक्षा गर्न नदिनुभएको होला होच्याउदै भने।



अरुणबहादुर खत्री “नदी” का यस साईटमा प्रकाशित रचना (हरु)

  1. कामदारको गुनासो
  2. कमाई
  3. इज्जत
  4. दशैंको टीका
  5. नेपाल बन्द
  6. माफ माग्दा
  7. कृतिको चर्चा
  8. उन्मादको रुप
  9. लुटपाट
  10. कृति समीक्षा गर्न खर्च
  11. सम्बन्ध विच्छेद
  12. गाडीको दुरुपयोग
  13. इज्जत
  14. घर विदा