समाजको ऐना

रचनाकार : डा. रविन्द्र समीर

"राजनीति समाजको ऐना हो" – मालिकको खेत खनिरहेको रामअवतारले पसिना पुछ्दै हो हो मा टाउको हल्लायो।
"साहित्य समाजको ऐना हो" – खेतमा बाउसे लगाइरहेको रामअवतारलाई अर्को हूलले पनि टाउको हल्लाउन विवश तुल्यायो।
"धर्म र संस्कृति समाजको ऐना हो"– अर्को समूहले पनि आली लगाइरहेको राम अवतारको ध्यानाकर्षण गर्‍यो।
"चलचित्र र फेशन समाजको ऐना हो" – रसिला र भरिला युवायुवतीहरूको कुरा सुनेर खेत खनिरहेको रामअवतारलाई आफ्नो –त्यो उमेरको मीठो सम्झना आयो।
"शिक्षा समाजको ऐना हो .........."– रामअवतारले भारी कस्दै दर्जनौँका आ–आफ्ना डम्फूहरू सुनिरहृयो। दिनभर कामले लखतरान परेको ऊ र आन्द्रा चिथोरिरहेको उसको अभिन्न मित्र भोकलाई गर्‍हौँ भारीले बिर्साइदिएको थियो।
बाटोमा आफूजस्तै कमैया रामजवहरको घरमा पसेर जौँको जाँड खाँदै उसले गफ हाँक्न थाल्यो – "लौ हेर मेरा हातका ठेला र नीलाडामहरू ............मेरो यो हात नै हाम्रो समाजको सक्कली ऐना हो।"



डा. रविन्द्र समीर का यस साईटमा प्रकाशित रचना (हरु)

  1. बन्दका कथा
  2. ढुङ्गाको देवता
  3. राशिफल
  4. लाइसेन्स
  5. के छ पारू?
  6. आगो
  7. ब्रिफिङ
  8. दुर्व्यसन
  9. अनुभूति
  10. कालोपट्टी
  11. भाग्य
  12. पोइटिङ्ग्रे
  13. ईर्ष्याको खेती
  14. ढङ्गाको मन
  15. पलायन
  16. चिडियाखाना
  17. अनुत्तरित प्रश्नहरू
  18. हिउँको मन
  19. गाउँ र सहर
  20. रक्सी
  21. नियम
  22. सफलता
  23. सुनामी
  24. बाजा
  25. आराम
  26. पुरस्कार
  27. समाजको ऐना
  28. झाँक्रीसाइँला
  29. जाडोको लुगा
  30. हरिलठ्ठक
  31. सलाम र फलाम
  32. जिन्दगीको परिभाषा
  33. शव परीक्षण