सम्पती विवरण
रचनाकार : केशु बिरहीसंसदबाट संपती विवरणको माग भयो। सवै वहालवाला मन्त्रीहरुलाई विवरण वुझाउन परिपत्र भयो। अनिवार्य भएकोले फारम सवैलाई पठाईएको थियो। सवैले चाँडै फारम भरेर पठाए। तर वहालवाला मध्येका एकजना मन्त्री भने विदेश भ्रमणमा गएका थिए। उनी छुटे विवरण वुझाउनबाट। उनले त्यो विवरण वुझाउन सकेनन। उनलाई विदेशबाठ आउन केही समय लाग्यो। आएर पनि उनी विवरण वुझाउनुको सट्टा गृह जिल्ला झापा तिर हानिए।
उनको पुर्ख्यौली घर ताप्लेजुड हो। तर उनी आजभोलि त्यहा वस्दैनन। उनको हालको वसाई भनेको झापा नै हो। उनी आफूमात्र होईन उनका सवै आफन्तहरु पनि झापामै वसाई सरेर आएका छन।
उनको इतिहाँस यस्तो छ। दुई छाक टार्न पनि धौ धौ थियो। त्यही समस्याले उनी तराई छिरे। तराईमा आएर उनी राजनीतिमा होमिए। उनी खुंखार कंम्युनिष्टको रुपमा परिचत भए पनि। जिल्लाको नेतृत्व पनि उनकै हातमा पर्यो। त्यसताका उनले थुप्रै संपती जोडे। वजारमा चार पाच ओटा घडेरी। आठ दश विघाहा जति धान फल्ने खेत आदि आदि।
देशमा जनआन्दोलन भयो। जनआन्दोलनको सफलता पछि उनले झापाबाटै टिकट पाए। भोट जिते। मत पनि मनग्गै पाएका हुन। संसदीय राजनीति पछि उनी राजधानी छिरे। वानेश्वरमा डेरा लिए। चाँडै मन्त्री पनि वनिगए। वानेश्वर र सिंहदरवार गर्दा गर्दै उनले राजधानी मै केही घडेरी पनि जोड्न भ्याए। वानेश्वरमा एउटा चार तले महल पनि ठडियोे। त्यति मात्र होईन मत्री वने पछि त उनले विभिन्नखाले योजना तथा परियोजनामा पनि हात हाल्न भ्याए। कमाई पनि प्रसस्तै हुदै आएको थियो।
ढीलै गरेर भए पनि उनले संपती विवरण भने वुझाए। तर उनको विवरण देखेर सवैजना छक्क परे। उनले आफ्नो संपती विवरणमा उल्लेख गरेका थिए। ताप्लेजुङमा फुसले छाएको एकतले कच्ची घर र तीन चार रोपनी जति पाखा वारी। झापा जिल्ला विर्तामोठ वजारमा पाँचआना जग्गामा वनेको साधारण टिनको छाना भएको कच्ची घर र सिंचाईको असुविधा भएको केही पाखो खेती। साथै काठमा48डौ शहरको वानेश्वोरको सांघुरो गल्ली भित्र निर्मित चार तले एउट कच्ची घर।
मन्त्रीले त्यस्तो विवरण किन वुझाए भनेर पछि मात्र थाहा लाग्यो। विपन्न तथा कम आय भएका मन्त्री परिसदका सदस्यहरुलाई निसुल्क रुपमा आवास उपलव्ध गराउने मन्त्री परिसदले निर्णय गरेको रहेछ।