कामदारको गुनासो

रचनाकार : अरुणबहादुर खत्री “नदी”

कामदार रामचन्द्रले आफ्नो मालिकसँग “मालिकसाहेब दसैं नजिक आइरहेकोले मलाई दसैंमा घरजान हजुरले पाँच दिनको छुट्टी दिनु पर्‍यो” भन्यो।
“दसैंमा महाँ टीका र जमरा लगाउँन धेरै ठाउँबाट मान्छेहरु आउँछन् तिमीलाई मैले दसैंमा छुट्टी दिएर घर पठाए भने आएका पाहुनालाई कसले खानेकुरा बनाएर खुवाउछन् भन त” मालिकले भन्यो।
“मेरो छोराछोरीले दसैंमा बुबा घर आउनु भएन भने हामीले दसैं मान्दैनौ भनेका छन्” कामदार रामचन्द्रले भन्यो।
“तिमी घर नगएपनि तिम्रो श्रीमती घरमा छदैछिन् नि नत्र भने तिम्रो छोराछोरी र श्रीमतीलाई दसैं मान्न यतै बोलाऊ न त” मालिकले भन्यो।
“मेरो श्रीमती र छोराछोरी दसैं मान्न यहाँ आएर दसैं मानेर घर फर्कने खर्च कसले दिन्छ र मालिकसाहेब” कामदार रामचन्द्रले भन्यो।
“तिम्रो छोराछोरी र श्रीमतीलाई दसैं तिमीसंग बसेर मनाउन घरबाट यहाँ आउने र यहाँबाट घर जाने खर्च दिन्छु र तिमीले पाउने तलबबाट कटाउछु नि” मालिकले भन्यो।



अरुणबहादुर खत्री “नदी” का यस साईटमा प्रकाशित रचना (हरु)

  1. कामदारको गुनासो
  2. कमाई
  3. इज्जत
  4. दशैंको टीका
  5. नेपाल बन्द
  6. माफ माग्दा
  7. कृतिको चर्चा
  8. उन्मादको रुप
  9. लुटपाट
  10. कृति समीक्षा गर्न खर्च
  11. सम्बन्ध विच्छेद
  12. गाडीको दुरुपयोग
  13. इज्जत
  14. घर विदा