राशिफल
रचनाकार : डा. रविन्द्र समीरलक्षे बाहुन, नेवार माइला र पूर्वेली साहुको होटलमा भन्दा सान्नानीको तातो–चिसो चिया पसलमा बढी भीड हुने गर्दछ। त्यहाँ आउने ग्राहकमात्र होइन गफ पनि बिहान/दिउँसो/बेलुका पृथक्–पृथक् हुन्छन्।
त्यस बिहान चिया–गफको विषय थियो – राशिफल। मास्टरबाबुले सहरबाट ल्याएको पत्रिका समाएर सर्वप्रथम आफ्नो राशिफल पढे। त्यसपछि गा.वि.स. अध्यक्ष, हवल्दार, स्वास्थ्य–सहायक, रेञ्जर, परिवार नियोजन अधिकृतको राइँलो छोरा, महिला विकास कार्यालयकी ३६ वर्षिय सुश्री प्रजावती आदिको राशिफल पढ्दै गए। राशिफल पढिरहेका मास्टरबाबु वाक्यअनुसार हाउभाउ गर्दै दङ्ग परेका थिए भने स्रोताहरू आफ्नो राशिफलका राम्रा पक्षहरू सुनेर मख्ख परेका थिए।
......मेरो पनि राशिफल सुनाउनुहोस् न मास्टरसाहेब अक्षर नचिने पनि कान त जिरेखुर्सानीभन्दा टाठा छन् नि हो। गाउँको अत्यन्तै गरिब तथा परिवारहीन धने बूढो स्वास्थ्य–सहायकले फ्याँकेको चुरोटको ठूटो तान्दै प्वाक्क परेर बस्यो। ल सुन् धने मास्टरबाबु गलबन्दीको फेरो मिलाउँदै धनेको राशिफल पढ्न थाले – चन्द्रमाको अनुकूलताले गर्दा यो महिना अति उत्तम छ। नोकरी तथा राजनीतिमा सोचेभन्दा बढी सफलता मिल्नेछ। बौद्धिक स्तर बढ्ने तथा लेखनमार्गमा तीव्रता आउनेछ। परिवारजनबाट राम्रो सहयोग मिल्नुको साथै नव–प्रेमिका मिलनको संयोग छ। व्यापारबाट मनग्गे फाइदा हुने योग छ। सञ्चित धन तथा गरगहना चोरिन सक्नेछ। महत्वपूर्ण भेटघाटको साथै विदेश–यात्राको अवसर मिल्नेछ।
डा. रविन्द्र समीर का यस साईटमा प्रकाशित रचना (हरु)
- बन्दका कथा
- ढुङ्गाको देवता
- राशिफल
- लाइसेन्स
- के छ पारू?
- आगो
- ब्रिफिङ
- दुर्व्यसन
- अनुभूति
- कालोपट्टी
- भाग्य
- पोइटिङ्ग्रे
- ईर्ष्याको खेती
- ढङ्गाको मन
- पलायन
- चिडियाखाना
- अनुत्तरित प्रश्नहरू
- हिउँको मन
- गाउँ र सहर
- रक्सी
- नियम
- सफलता
- सुनामी
- बाजा
- आराम
- पुरस्कार
- समाजको ऐना
- झाँक्रीसाइँला
- जाडोको लुगा
- हरिलठ्ठक
- सलाम र फलाम
- जिन्दगीको परिभाषा
- शव परीक्षण