कमाई
रचनाकार : अरुणबहादुर खत्री “नदी”रिेक्साचालक माधवसँग उनकी श्रीमती रेवतीले “अब दसैं पनि आउन लाग्यो छोराछोरीलाई नयाँ नयाँ लुगा किनिदिनु पर्यो” भनिन्।
“खै यसपाली मेरो रेक्सा चढ्ने यात्रुहरु त्यति हुन सकेनन् कमाई राम्रो हुनै सकेन” रिेक्साचालक माधवले भने।
“दसैंमा छोराछोरीलाई नयाँ लुगा किनेर लगाउन दिन सकेनौ भने उनीहरुले म दुखाउछन्” श्रीमती रेवतीले भनिन्।
“रिक्सा चलाएर दिनको एकसय देखि दुईसय सम्म मात्रै आउँछ आजकल केटाकेटीलाई नयाँ लुगा किनिदिनको लागि दिनको पाँचसय भन्दा घटी आउनु भएन” रेक्साचालक माधवले भने।
“त्यसो भए सवारी साधनहरुको चक्काजाम गर्न नेपाल बन्द गर्ने उपाय निकालौ हामीले” श्रीमती रेवतीले भनिन्।
“के उपाय निकाल्ने त हामीले” रेक्साचालक माधवले भने।
“देशमा महंगी दिनहुँ बढ्दै गएकोले अनिश्चितकालीन बन्द भनेर सबैको घरमा घुमेर हल्ला फैलाइदिऊ हामीले” श्रीमती रेवतीले भनिन्।