के छ पारू?
रचनाकार : डा. रविन्द्र समीरके छ पारू?
– राम्रै छ सर। पढाइ चलिरहेको छ। अलि आर्थिक समस्या परेको छ।
के छ पारू?
सरको सहयोगप्रति आभारी छु। अब छिट्टै बी.ए. सकिन्छ। सायद प्रथम श्रेणीमा उत्तीर्ण हुन्छु होला, त्यसपछि जागिर खाने विचार गरेकी छु।
के छ पारू?
जागिर खोज्दाखोज्दा हैरान परेँ सर। नातावाद, कृपावाद, चाकडीवाद र घुसखोरीका सामु मेरो योग्यता होचो भयो सर – अलिकति सहयोग गर्नुहुन्छ कि?
के छ पारू?
राम्रो छ सर पेशा पनि छैन, आर्थिक समस्या पनि छैन। लिनुहोस् हजुरको पुरानो हिसाब। बरू सरलाई पैसा चाहिएमा भन्नुहोला।
के छ पारू?
के छैन र सर मसँग? पैसा छ, सुविधा छ, गहना/कपडा छन्, मोजमस्ती छ, अझ ठूलो कुरा छ कुमारी गर्भवती पारूसँग एड्सको महल छ।
डा. रविन्द्र समीर का यस साईटमा प्रकाशित रचना (हरु)
- बन्दका कथा
- ढुङ्गाको देवता
- राशिफल
- लाइसेन्स
- के छ पारू?
- आगो
- ब्रिफिङ
- दुर्व्यसन
- अनुभूति
- कालोपट्टी
- भाग्य
- पोइटिङ्ग्रे
- ईर्ष्याको खेती
- ढङ्गाको मन
- पलायन
- चिडियाखाना
- अनुत्तरित प्रश्नहरू
- हिउँको मन
- गाउँ र सहर
- रक्सी
- नियम
- सफलता
- सुनामी
- बाजा
- आराम
- पुरस्कार
- समाजको ऐना
- झाँक्रीसाइँला
- जाडोको लुगा
- हरिलठ्ठक
- सलाम र फलाम
- जिन्दगीको परिभाषा
- शव परीक्षण