आगो
रचनाकार : डा. रविन्द्र समीरमहँगी, बेरोजगारी, अन्याय, अत्याचार, जिम्मेवारीहीनता.....का कारण देशको मात्र होइन सुन्तलीको अवस्था पनि जर्जर भयो। लालाबालाको मुखमा जाउलो लगाउनको लागि उसले चोकमा मकै पोल्न थाली। कोइला नभएकोले काँचा दाउरा र सुकेका पातमा मट्टितेल थपेर मकै पोल्न आगो बाली। आगोको धूवाँको मुस्लोले सुन्तली ढाकिई।
पल्लो चोकमा धूवाँको मुस्लो देखेपछि पढ्ने अवसर नपाएका केटाकेटी जम्मा भएर आक्रोश पोख्न सडकमा आगो बाले। अर्को चोकमा धूवाँ देखिएकोले बेरोजगारहरूको हुलले टायर बाले ।
त्यो टायरको धूवाँको मुस्लो अर्को चोकबाट देखिएकोले निरङ्कुशताबाट आक्रोशित पार्टीका कार्यकर्ताहरूले यातायात बन्द गरेर दाउरा र काठमा मुढा जलाए। आन्दोलनको धूवाँको आशङ्काले अर्को चोकमा सडकमा उत्रन बाध्य भविष्यहीन युवकहरूले सरकारी गाडी र मोटरसाइकल जलाए। त्यो धूवाँ पल्लो चोकमा पुग्दा सरकारी भिजिलान्तेहरूले धमिलो पानीमा माछा मार्न स्कुलको गाडी र प्रहरीको बीट जलाए।
यसप्रकार धूवाँको मुस्लो प्रत्येक चोकमा पुगेपछि रेडियो र टेलिभिजनबाट धूवाँदार सूचना आयो – आतङ्ककारीहरूको घुसपैठले शहरमा जीउधनको क्षति हुने देखिएकोले अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।
त्यसपछि सुन्तलीले मकै पोल्न पनि पाइन।
डा. रविन्द्र समीर का यस साईटमा प्रकाशित रचना (हरु)
- बन्दका कथा
- ढुङ्गाको देवता
- राशिफल
- लाइसेन्स
- के छ पारू?
- आगो
- ब्रिफिङ
- दुर्व्यसन
- अनुभूति
- कालोपट्टी
- भाग्य
- पोइटिङ्ग्रे
- ईर्ष्याको खेती
- ढङ्गाको मन
- पलायन
- चिडियाखाना
- अनुत्तरित प्रश्नहरू
- हिउँको मन
- गाउँ र सहर
- रक्सी
- नियम
- सफलता
- सुनामी
- बाजा
- आराम
- पुरस्कार
- समाजको ऐना
- झाँक्रीसाइँला
- जाडोको लुगा
- हरिलठ्ठक
- सलाम र फलाम
- जिन्दगीको परिभाषा
- शव परीक्षण