लोग्नेको जात

रचनाकार : कृष्ण वजगाईं

दुई आइमाईले विवाह गरे ।

“आइमाईको विवाह ?”

हजूर पारपाचुके गरेर बसेका आइमाईले एक आपसमा विवाह गरे । अर्थात समलिङ्गी विवाह ।

“किन गरेको समलिङ्गी विवाह ?”

पत्रकारले अदालत अगाडि सोधे ।

“लोग्नेको शासन खप्नु भन्दा त आइमाई कै कमारी हुनु बेस ।” दुवैले एकै स्वरमा भने ।

वैवाहिक तथा ब्यावहारिक जीवनमा एकजनाले पुरुषको र अर्कीले स्त्रीको भूमिका त निभाउनै पर्दथ्यो । सोही क्रममा खटनपटन गर्दै आदेश दिँदा र जिम्मेवारी पुरा गर्दागर्दै त्यस मध्ये कि एक महिलामा क्रमशः पुरुष प्रकृति देखा पर्दै गयो । उसको पुरुष प्रकृति अर्कीलाई सह्य भएन । एक दिन उसले मुख खोलेरै भनी “यो लोग्ने भन्ने जात संसारका सबै उस्तै हुँदा रहेछन ।”



कृष्ण वजगाईं का यस साईटमा प्रकाशित रचना (हरु)

  1. लोग्नेको जात
  2. सुन्दरी प्रतियोगिता
  3. पीडा
  4. प्रतिविम्ब
  5. घुम्ने कुर्सी
  6. जादुगरी डण्डा
  7. शोषण
  8. विमोचन
  9. मितव्ययिता