ब्रिफिङ
रचनाकार : डा. रविन्द्र समीरदेशमा ऐतिहासिक जनआन्दोलनले उत्कर्ष रूप लिइरहेको थियो । समाजका प्रत्येक तह र तप्काका जनताहरू कर्फ्यूको अवज्ञा गर्दै ज्यानको बाजी लगाए निरङ्कुशताविरुद्ध चर्को प्रदर्शन गरिरहेका थिए । चर्का नाराहरूले शहर जुरुक्क उचालिएको थियो । बुट, लाठी, अश्रुग्याँस एवम् गोलीलाई पानीको फोका ठानिरहेका थिए आन्दोलनकारीहरू ।
आन्दोलनको गुप्तचरी गर्न आएको सिपाहीले प्रहरी निरीक्षककहाँ जाहेरी गर्यो – साब् देश छोड फाँसी दे जस्ता अराजक नारा सडकमा लागेको छ । लाखौँ जनताहरू निरङ्कुशताको विरुद्ध उत्रिएका छन् । प्रहरी निरीक्षकले आफ्नो हाकिमलाई जाहेरी चढायो – साब सडकमा हजारौँ मान्छेले चर्का नारा लगाएका छन् । हाकिमले प्रहरीप्रमुखलाई जाहेरी चढायो – साब सयौँ मान्छेहरू सडकमा जिन्दावाद/मूर्दावादको नारा लगाइरहेका छन । प्रहरीप्रमुखले गृहमन्त्रीलाई जाहेरी चढाए – मन्त्रीज्यू सडकमा सामान्य प्रदर्शन भइरहेको छ । गृहमन्त्रीले जीवनकै उत्तरार्द्धमा पुगेका जरसाब्, करसाब् र कथित सम्माननीयहरूसमक्ष जाहेर गरे– ख्वामित सडकमा धेरैले सरकारको समर्थन गरेका छन्, मुठ्ठीभरकाले हल्का विरोध गरेका छन । ख्वामितहरूले राष्ट्रप्रमुखसँग बिन्ती चढाए – सरकार सडकमा मौसूफका रैतीहरूले मौसूफको जयजयकार गरिरहेका छन् ।
डा. रविन्द्र समीर का यस साईटमा प्रकाशित रचना (हरु)
- बन्दका कथा
- ढुङ्गाको देवता
- राशिफल
- लाइसेन्स
- के छ पारू?
- आगो
- ब्रिफिङ
- दुर्व्यसन
- अनुभूति
- कालोपट्टी
- भाग्य
- पोइटिङ्ग्रे
- ईर्ष्याको खेती
- ढङ्गाको मन
- पलायन
- चिडियाखाना
- अनुत्तरित प्रश्नहरू
- हिउँको मन
- गाउँ र सहर
- रक्सी
- नियम
- सफलता
- सुनामी
- बाजा
- आराम
- पुरस्कार
- समाजको ऐना
- झाँक्रीसाइँला
- जाडोको लुगा
- हरिलठ्ठक
- सलाम र फलाम
- जिन्दगीको परिभाषा
- शव परीक्षण