दुर्व्यसन

रचनाकार : डा. रविन्द्र समीर

पहिलो वर्ष – साथीहरूको अनुरोध हार्न नसकेर उसले कोकाकोलामा थोरै बियर मिसाएर पियो।
दोस्रो वर्ष – मौका परेको बेला उसले १,२ बोतल बियर पिउन थाल्यो।
तेस्रो वर्ष – साथीहरूको दबाबमा उसले बियरको साथमा भोड्का, रम, हृिवस्की मिसाएर खान थाल्यो।
चौथो वर्ष – जाँड, तोङ्बा, छ्याङ, रक्सी पनि कहिलेकाहीँ उसको आमाशयमा प्रवेश गर्न थाले।
पाँचौँ वर्ष – आइतबार पहिलो बार भएकोले, सोमबार पानी आएर जाडो भएकोले, मंगलबार गर्मी भएकोले, बुधबार खुसी लागेकोले, बिहीबार टेन्सन भएकोले, शुक्रबार साथीभाइको जमघट भएकोले, शनिबार बिदाको दिन भएकोले उसले पियो।
छेटौँ वर्ष – अब उसले रक्सी होइन, रक्सीले उसलाई पिइरहेको छ।



डा. रविन्द्र समीर का यस साईटमा प्रकाशित रचना (हरु)

  1. बन्दका कथा
  2. ढुङ्गाको देवता
  3. राशिफल
  4. लाइसेन्स
  5. के छ पारू?
  6. आगो
  7. ब्रिफिङ
  8. दुर्व्यसन
  9. अनुभूति
  10. कालोपट्टी
  11. भाग्य
  12. पोइटिङ्ग्रे
  13. ईर्ष्याको खेती
  14. ढङ्गाको मन
  15. पलायन
  16. चिडियाखाना
  17. अनुत्तरित प्रश्नहरू
  18. हिउँको मन
  19. गाउँ र सहर
  20. रक्सी
  21. नियम
  22. सफलता
  23. सुनामी
  24. बाजा
  25. आराम
  26. पुरस्कार
  27. समाजको ऐना
  28. झाँक्रीसाइँला
  29. जाडोको लुगा
  30. हरिलठ्ठक
  31. सलाम र फलाम
  32. जिन्दगीको परिभाषा
  33. शव परीक्षण