अनुभूति
रचनाकार : डा. रविन्द्र समीरभ्रमणमा जाने जोडीहरू शरद्कालीन चन्द्रमाको रात, सामुन्द्रिक तट, किनारको बगैँचाबाट निःशृत फूलहरूको यौगिक सौरभ, क्षितिजका पहाडबाट समुद्रमा पौडी खेल्दै आएको हावाको शीतल झोकाको स्पर्श, त्यो नीरवतालाई चिर्ने पंक्षीहरूको कर्णप्रिय सङ्गीत, आफ्नो सबैभन्दा प्रिय व्यक्तिसँगको एकान्तालाप आदि वातावरणलाई सुरम्य एवम् स्वर्गित अनुभूत गरेर फर्कन्थे, पुनः भेट्दथे।
तर त्यही तटमा वर्षौदेखि झुप्रो बनाएर बसेको माझी–परिवारलाई 145त्यो146 अनुभव कहिल्यै भएन। माछा बिक्री भएर आलु र चामल पाउँदामात्र उनीहरूलई सुरम्य एवम् स्वर्गित अनुभूतिबोध हुन्थ्यो।
डा. रविन्द्र समीर का यस साईटमा प्रकाशित रचना (हरु)
- बन्दका कथा
- ढुङ्गाको देवता
- राशिफल
- लाइसेन्स
- के छ पारू?
- आगो
- ब्रिफिङ
- दुर्व्यसन
- अनुभूति
- कालोपट्टी
- भाग्य
- पोइटिङ्ग्रे
- ईर्ष्याको खेती
- ढङ्गाको मन
- पलायन
- चिडियाखाना
- अनुत्तरित प्रश्नहरू
- हिउँको मन
- गाउँ र सहर
- रक्सी
- नियम
- सफलता
- सुनामी
- बाजा
- आराम
- पुरस्कार
- समाजको ऐना
- झाँक्रीसाइँला
- जाडोको लुगा
- हरिलठ्ठक
- सलाम र फलाम
- जिन्दगीको परिभाषा
- शव परीक्षण