आदर्श पुरुष–१
रचनाकार : कपिल लामिछानेबाबू, असल मान्छे बन्नू, ठूलो मान्छे बन्नू, भगवान् श्रीराम जस्तै आदर्श पुरुष,... मैले जानेबुझे र सम्झेसम्म सानैदेखि बुवाका मुखबाट यही–यस्तै सुन्दै आएको छु। आदर्श पुरुष– आदर्श पुरुष! मेरा हरेक प्रयास आदर्श पुरुष श्रीराम बन्ने अभिलाषाले अभिप्रेरित छन्। श्रीरामजस्तै हुबहु–ठ्याक्कै–इक्ज्याक्ट आदर्श पुरुष श्रीराम हुनुछ मैले!
बुवाका सहस्र शुभाशीष्, मेरा अनेकन प्रयास हुँदाहुँदै पनि खै म त्यस दिशामा आफूलार्र्ई सफल भएको पाउन्न। शैक्षिक–सामाजिक–आर्थिक व्यवस्थाभित्रका शिक्षादीक्षा, उठबस, रहनसहन, बानीबोहोरा आदि सबलार्र्ई एकातिर पन्छाएर म कसरी आदर्श पुरुष बन्नसक्छु? तर बुवा त्यही कुरा रट्दै–रटाउँदै हुनुहुन्छ अझै पनि कि बाबू, श्रीरामजस्तै आदर्श पुरुष बन्नू!
एक्काइसौं शताब्दीको सङ्घारमा उभिएर कतै म बेमौसमको राग त अलापिरहेको छैन? मेरो चिन्तन अचेल आदर्श पुरुष बन्नेभन्दा पनि आफ्नो त्यो ल73य नै समयानुकूल छ? भन्ने प्रश्नतिर केन्द्रित हुनुथालेको छ।
यस्तै प्रश्नमा चिन्तन केन्द्रित गरेर म झोक्राउँदै थिएँ। बुवा कोठामा प्रवेश गर्नुभयो। मैले साष्टाङ्ग प्रणाम गरें। बुवाले सदाझैं आदर्श पुरुष भएस् भनी आशीर्वचन दिनुभयो। तर आज अचानक मैले भनंंें– बुवा म भगवान् श्रीरामजस्तै ठ्याक्कै त्यस्तै न एक इन्च कम न एक इन्च बढी उस्तै आदर्श पुरुष भएर युग र समाजलार्र्ई हाँक्नसक्छु, त्यसका लागि म सक्षम छु, तर मलार्र्ई पनि त्यही ठ्याक्कै त्यही त्रेता युग उपलब्ध गराइदिनु पर्यो।...
बुवा झस्किनुभयो आश्चर्यचकित हुनुभयो, किनभने श्रीरामले आफ्ना पिताश्रीसमक्ष यस्तो प्रश्न गरेको कुरा वहाँको जानकारीमा थिएन। अनि बुवाले गम्भीर भएर भन्नुभयो–बाबू, यसबारे म सोच्छु।...
...तर आज धेरै दिन व्यतित भइसके, बुवाले यसबारे सोचेर मलाई जबाफ दिनुभएको छैन।