दशैंको टीका

रचनाकार : अरुणबहादुर खत्री “नदी”

दशैँमा आफ्नो मान्यजनको हातको टीका र जमरा लगाउन जादा रमेशले “मलाई हजुरले धेरै पढेर भविष्यमा डाक्टर बन्न सकोस् भनेर आशिष दिनुहोला नि” भने।
त्यसै घरमा टीका र जमरा लगाउन आउने अर्को व्यक्ति ममताले “हजुरले मलाई त आशिष दिनु पर्दैन बरु पाँचसय भन्दा घटी दक्षिणा नदिनु होला नि” भनिन्।
“किन तिमीले आशिषलाईभन्दा दक्षिणालाई महत्व दिएको नि ममता?” टीका लगाइदिने व्यक्ति रणबहादुरले प्रश्न गरे।
“मलाई यसपाली एस.एल.सी. परीक्षा दिनु पर्ने भएकोले अंग्रेजी विषयको ट्यूसन पढ्न परेको हुदा मैले पाँचसय भन्दा घटी दक्षिणा नदिनु भनेको हुं” ममताले भनिन्।
“तिमीलाई ट्यूसन त घरमा तिम्रो बुबा र आमाले पढ्न पठाइदिइ हाल्नु हुन्छ नि” रणबहादुरले भने।
“मेरो बुबालाई आफ्नो खल्तीमा भएको पैसा जुवातास खेलेर उडाउदैमा ठीक छ नि” ममताले भनिन्।
त्यसो भए तिमीलाई ट्यूसन पढ्ने खर्च पनि मेरो तर्फबाट एकहजार अहिले नै दिन्छु र तिमीले एस.एल.सी.मा धेरै प्रतिशत ल्याएर उत्तीर्ण होस् भनेर आशिष दिन्छु ममता रणबहादुरले भने।



अरुणबहादुर खत्री “नदी” का यस साईटमा प्रकाशित रचना (हरु)

  1. कामदारको गुनासो
  2. कमाई
  3. इज्जत
  4. दशैंको टीका
  5. नेपाल बन्द
  6. माफ माग्दा
  7. कृतिको चर्चा
  8. उन्मादको रुप
  9. लुटपाट
  10. कृति समीक्षा गर्न खर्च
  11. सम्बन्ध विच्छेद
  12. गाडीको दुरुपयोग
  13. इज्जत
  14. घर विदा