ढङ्गाको मन
रचनाकार : डा. रविन्द्र समीरकाले तामाङले हातमुख जोड्न धौधौ पर्ने ज्यालामा एक वर्ष लगाएर बाबुसाहेबको घर बनायो । आफ्ना हातखुट्टा चिराचिरा परे तापनि आधुनिक भव्य महलको सौन्दर्य देखेर काले गर्वले गजक्क फुल्यो । प्राणको बाजी राखेर बाँसको भर्याङमा दिनभर उभिएर उसले थाङ्का बुनेजस्तै मेहनेत गरेर घर रङ्गायो । त्यसपछि घरभित्र रङरोगन, फर्निचरहरूको व्यवस्थापन, सजावटका सामग्रीहरू स्थापना .....जति परिश्रम बढ्यो, घर त्यति नै भव्य र सुन्दर बन्यो। मिर्मिरे बिहानदेखि जुनेली रातसम्मको मेहनेतले घरवरिपरि फूलको बगैँचा, पानीको फोहरा, कार्पेटमय दूबो, व्यायाम तथा आरामकुर्सीहरू..... घर झनै राम्रो हुँदै गयो । कालेले यति माया र मेहनेत गरेर आफ्नै बच्चा पनि हुर्काएको थिएन ।
एक क्षण पसिना सुकाउन बसेको चौतारोको त माया लाग्छ, कालेलाई आफ्नो पसिनाले वर्षौ लगाएर सुन्दर बनाएको घरको माया नलाग्ने त कुरै भएन । मायाजालमा काले यसरी फस्यो कि घरको भित्तामा कतै दाग लाग्छ कि भनेर उसलाई चिन्ता लाग्दथ्यो ।
लौ त काले, घर बनाएर सकियो । भोलिदेखि आउनुपर्दैन । बाबुसाहेबको शब्दवाणले उसको मुटु छियाछिया भयो । निमेषमै आएको आँधीबेहरीले बालुवाको घरको छतमा बसेको काले भुइँमा पछारियो160।
मालिकसाहेब मलाई ज्याला चाहिँदैन, म भुइँतलाको सबैभन्दा सानो कोठामा बस्छु, घरको स्याहारसुसार गर्छु ।
ए तैँले त्यत्रो सपना देख्न थालिस्? मालिकले ढोका बन्द गर्दै भने – त्यो सानो कोठा त कुकुरको लागि बनाएको हो ।
डा. रविन्द्र समीर का यस साईटमा प्रकाशित रचना (हरु)
- बन्दका कथा
- ढुङ्गाको देवता
- राशिफल
- लाइसेन्स
- के छ पारू?
- आगो
- ब्रिफिङ
- दुर्व्यसन
- अनुभूति
- कालोपट्टी
- भाग्य
- पोइटिङ्ग्रे
- ईर्ष्याको खेती
- ढङ्गाको मन
- पलायन
- चिडियाखाना
- अनुत्तरित प्रश्नहरू
- हिउँको मन
- गाउँ र सहर
- रक्सी
- नियम
- सफलता
- सुनामी
- बाजा
- आराम
- पुरस्कार
- समाजको ऐना
- झाँक्रीसाइँला
- जाडोको लुगा
- हरिलठ्ठक
- सलाम र फलाम
- जिन्दगीको परिभाषा
- शव परीक्षण