विमोचन

रचनाकार : कृष्ण वजगाईं

उनी आफ्नो पहिलो पुस्तकलाई एक समारोहबीच र्सार्वजनिक गराउन गइरहेका थिए । वर्षौदेखिको उनको पुस्तक प्रकाशन गर्ने त्रि्र इच्छालाई श्रीमतीले आफ्नै नाक, कानका गहना बेचेर पुरा गरिदिएकी थिइन् तर विमोचन समारोहमा आमन्त्रितहरुको उपस्थिति देखेर उनी बडो बेचैन बने ।

ट्याक्सी भाडा नदिएका कारण प्रमुख अतिथि नै कार्यक्रममा आइदिएनन् । अनि हतारहतारमा अलि पाकाखालका एक आमन्त्रितलाई प्रमुख अतिथि बनाइयो । कार्यक्रमको औपचारिकता पूरा भएपछि प्रमुख अतिथिले आकर्ष जिल्ला खोलेर पुस्तक लोकापण गराए । यस्तो दृश्य देखेर लेखकका खुसीका आँसु झरे । यति खुसी त उनी प्रथम सन्तान जन्मदा पनि भएका थिएनन् रे । आफू छेउँमै बसेकालाई खुसुक्क सुनाइहाले ।

टिप्पणीकर्ताले पुस्तकका बारेमा बोल्न सुरु गरे । ?पुस्तकको गाता पातलो भएको, कागज कमगुणस्तरको, छपाई राम्रो नभएको, आवरणकला पुस्तकको नामानुसार नभएको? भन्दै लेखकको झाँको झारे । पारिश्रमिक नपाएको झोँक टिप्पणीकर्ताले लेखकमाथि पोखेको कुरा प्रायः सबैले बुझिहाले । प्रमुख अतिथिको पालो आयो । ?एउटा पुस्तक निकाल्दैमा साहित्यकार भइँदैन? भनेर लेखकलाई ख्याँसे ।

अब विमोचित पुस्तक सवैका हातमा पुगिसकेको थियो । खासखुस चल्दाचल्दै कार्यक्रम सकियो । ?हाम्रै घरपरिवारका कुरा लेखेर लेखक बन्ने? भन्दै आमन्त्रितहरूले नै त्यहीँ लेखकको कठालो समाते । मलिन अनुहार लिएर लेखक घर फर्के । केही दिनसम्म उनले हरेक अखवारका पाना पल्टाए । कतै आफ्नो पुस्तकका बारेमा समाचार, टिप्पणी वा समालोचना छापिएको छ कि भनेर । अँह त्यस्तो केही पाएनन् । त्यसबाट उनी झन् निराश भए । यसैबीच अचानक एकदिन लेखकले आत्महत्या गरे ।

आजकल उनकी श्रीमती प्रत्येकदिन अखवारका पाना पल्टाउँछिन् कतै समवेदना सन्देश छापियो कि भनेर ।
साभारः मधुपर्क, काठमाण्डौं



कृष्ण वजगाईं का यस साईटमा प्रकाशित रचना (हरु)

  1. लोग्नेको जात
  2. सुन्दरी प्रतियोगिता
  3. पीडा
  4. प्रतिविम्ब
  5. घुम्ने कुर्सी
  6. जादुगरी डण्डा
  7. शोषण
  8. विमोचन
  9. मितव्ययिता