उपदेश
लेखक : हरिप्रसाद भण्डारीमूलबाटोको नजिकै जङ्गलका बीचमा एउटा आश्रम थियो। आश्रममा एकजना बालब्रह्मचारी सन्यासी बस्थे। ज्ञान, ध्यान, भक्ती र प्रवचनमै उनको समय बित्थ्यो।
गाउँलेहरूको सहभागितामा प्रवचन कार्यक्रम चलिरहेको थियो। प्रवचनका क्रममा उनले भने― “पारिवारिक जन्जालमा फस्नाले जीवनको महत्व घट्दै जान्छ। ज्ञान, ध्यान, तप, दान, त्याग आदि कार्य गर्नाले स्वर्गीय आनन्द प्राप्त गर्न सकिन्छ, अन्त्यमा मोक्ष प्राप्ति हुन्छ।”
आदर्श पुरुष–१
लेखक : कपिल लामिछानेबाबू, असल मान्छे बन्नू, ठूलो मान्छे बन्नू, भगवान् श्रीराम जस्तै आदर्श पुरुष,... मैले जानेबुझे र सम्झेसम्म सानैदेखि बुवाका मुखबाट यही–यस्तै सुन्दै आएको छु। आदर्श पुरुष– आदर्श पुरुष! मेरा हरेक प्रयास आदर्श पुरुष श्रीराम बन्ने अभिलाषाले अभिप्रेरित छन्। श्रीरामजस्तै हुबहु–ठ्याक्कै–इक्ज्याक्ट आदर्श पुरुष श्रीराम हुनुछ मैले!
लगानी
लेखक : विनय कसजू२०४२ साल
'फिस किन नल्याएकी सानी?'
'बा घरमा हुनुहुन्न।'
'बिचरा! तिम्रो बलाई जेलमा राखेको छ रे हो?'
'हो मिस, मलाई साथीहरुले कैदीकी छोरी भनेर जिस्क्याउँछन्।'
'किन जेलमा राखेको थाहा छ तिमीलाई?'
'पञ्चायतको विरोध गरेकोले भन्थे।'