स्पेयर पार्टस्
लेखक : कृष्ण वजगाईंगरिबहरूको रोजीरोटी बन्द अर्थात् नेपाल बन्दका दिन ज्याला मजदुरी गर्नेहरू चोकको एक कुनामा जम्मा भए । भरे साँझ के खाने, बच्चाहरूलाई के भनेर सम्झाउने भन्ने चिन्ताले ग्रस्त थिए । अनिश्चितकालीन नेपाल बन्दको खबरले झन चिन्तित भए तिनीहरू ।
निरन्तरता
लेखक : गोरखवहादुर सिंहयोजना छनोटमा परेका विद्यालयलाई भाग्यमानी नै भन्नर्ुपर्छ- विद्यालय राम्रा र सुविधायुक्त महिला शौचालय सुसम्पन्न बने । हुन त योजनाको नामाकरण गरिँदा 'शौचालय निर्माण योजना' उपयुक्त र पर्याप्त छ भन्ने विचार नआएको होइन तर महिला विकास पक्षधर दातालाई रसिलो पार्न योजनाको नामको अगाडि महिला पनि जोडियो । शौचालय सुचारु रूपले सञ्चालन भएको धेरै भएको थिएन छात्रहरूमा एउटा प्रश्न टुसायो- "शौचालय सुविधाका लागि पनि महिला हुनुपर्ने -" फलतः विद्यालय समय अघि, पछि र बिदाका दिनमा महिला शौचालयबाट छात्रहरूले पनि सुविधा लिन थाले । "शौचालय सुविधाका लागि पनि चोरी गर्नुपर्ने -" छात्रहरूमा टुसाएको प्रश्न झाँगिदै गयो, शौचालयको चोरी छिपी प्रयोगले मात्र छात्रहरूमा टुसाएको प्रश्नलाई सीमावद्ध गर्न सकेन ।
काँचो हलुवाबेद
लेखक : गोरखवहादुर सिंहसहरको व्यस्त सडक र सडककिनारमा छटपटाइरहेको घायल। घायल, यात्रुहरू र झुम्मिएको भीडसँग परिचित घायल, घायलसँग परिचित भीडले सोधखोजसम्म गरेन। घायल कसरी घायल भयो– सोधखोज, सहानुभूति, वास्ताब्यास्ता र आवश्यक उपचारको त के कुरा? घायल र भीडको परिचय मात्र भीडलाई नाक चेप्य्राउन र टेढो प्रतिक्रिया पोख्नमा काम लाग्यो। “जमानालाई चिन्न नसक्ने अव्यावहारिक।” ऊभन्दा माथिकाहरू।