घुम्ने कुर्सी
लेखक : कृष्ण वजगाईंकुरा धेरै अगाडिको हो । कुर्सीमा बस्ने शक्तिशाली टाउकाहरुले आफूसंग असहमत बिचार राख्ने र समाजमा आतङ्क फैलाउँने टाउकाहरुलाई कसै गर्दा पनि तह लगाउँन सकेनन् । अनि ती टाउकाहरु अराजक हुन् भन्दै ढोल पिटाए । समाजको अमनचयन शान्ति-सुरक्षा आदिमा खलल् पुर्एको अभियोग लगाइयो उनीहरुलाई ।
होड
लेखक : गोरखवहादुर सिंह“हलो!”
“हजुर भन्नुस!”
“आजको खवर के छ? त्यताको बन्द कस्तो रह््यो?”
“एकदम सफल रह्यो? भने जस्तै रह्यो। सवारी साधन त सून्य भन्दा पनि हुन्छ। रिक्सा साइकल सम्म पनि चल्न दिएनौ, नटेरेर चलाउन खोज्नेको टायरको हावा खुस्काइदियौं।”
पहिचानको खोजी
लेखक : कृष्ण शाह यात्रीउसको काम लाशहरूसँग चलखेल गर्नु हो अर्थात भनौं ऊ अकालमा मरेकाहरूको 'पोष्टमार्टम' गर्ने काम गर्दछ। उसको कर्मलाई कतिले महान र पुन्यको काम ठान्छ भने कतिले त्यसलाई घृणा र हेयको दृष्टिले समेत हेर्दछ।
जसले जे भनेपनि उसले आफ्नो काम छाडेको छैन। असपतालको लाशघरको फ्रिजमा राखिएका अधिकांश लाशहरूलाई उसले न्याय गरेको छ। अचेल त को व्यक्ति के कारणले मरेको हो? भन्ने कुरा उसलाई लाशको प्रवृत्ति हेरेर नै थाहा लाग्ने भइसकेको छ। जुन कुरामा ऊ गर्व पनि गर्दछ।